सरकार स्वतन्त्र न्यायालयको पक्षमा छ : सञ्चारमन्त्री कार्की

 संवाददाता    २०७८, १३ कार्तिक शनिबार १०:५३     270 जनाले पढ़िसके



Spread the love

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् ।विराटनगर विमानस्थलमा शनिवार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दीगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताए । उनले १ नम्बर प्रदेशको सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पारे ।