कांग्रेस निर्वाचन समितिले पार्टी नेतृत्वलाई भन्यो, १४ औं महाधिवेशन २७ मंसिरदेखि गरौँ

 संवाददाता    २०७८, १० कार्तिक बुधबार १९:२९     70 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टी नेतृत्वलाई १४ औं महाधिवेशन २७ मंसिरदेखि गर्न प्रस्ताव राखेको छ ।

निर्वाचन समितिको बुधबार बसेको बैठकले १४ औं महाधिवेशन २७ मंसिरदेखि गरेको हो । आज बसेको बैठकले रोकिएक वडा अधिवेशनहरु पनि कात्तिक २६ देखि सुरु गर्ने निर्णय गरेको छ ।

साथै, प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको निर्वाचन समितिका सदस्यले जानकारी दिएका छन् ।