सर्लाहीमा दुई दिनसम्म विभिन्न कार्यक्रमहरुलाई सम्वोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल आज सर्लाही जांदै छन् ।
अध्यक्ष नेपाल आज विहान रौतहट हुँदै सर्लाही जान लागेका हुन् । नेपाललाई सर्लाहीको वागमती पुल नजिक स्वागत गरिने ने.क.पा. एस जिल्ला कमिटीद्दारा विज्ञप्तिमा उल्लेख छ।
वागमतीमा मोटरसाईकलमा जाने कार्यकर्ताको समुहले स्वागत गर्ने र त्यसपछि उनी हरिपुरमा एक वैवाहिक भोजमा सहभागी हुने कार्यक्रम छ । मंगलवार दिउँसो हरिवन नगरपालिका वडा नं. ५ घुर्कौलीको वडा कार्यालय भवन अध्यक्ष नेपालले उद्घाटन गर्ने पार्टीका हरिवन अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए ।
मंगलवार साझ उनले हरिवन नगपालिका वार्ड नम्वर ५ मा रहेको द्धन्द्धपीडित वालगृहका वालवालिकासँग अन्तरक्रिया गर्नेछन् । नेता नेपालले वुधवार लालवन्दी नगरपालिका वडा नं. ५ मा प्रदेश सभा सदस्य वेची लुंगेलीको संसदीय विकास कोषवाट वनेको महिला संरक्षण गृहको उद्घाटन गर्ने छन् ।
मुख्य कार्यक्रम पनि वुधवार नै लालवन्दी नगरपालिकाको वडा नंं. नम्वर १५ र १६ मा पर्ने वोहरेडाडामा राखिएको छ । परवानीपुरको वोहोरे डांडामा उनले नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलालको शालिक अनावरण, प्रदेश स्तरीय पुष्पलाल पार्कको उद्घाटन र नेकपा एकीकृत समाजवादीको सर्लाही जिल्ला कमिटी घोषणा गर्ने कार्यक्रम छ ।
नेकपा एकीकृत समाजवादी र पुष्पलाल स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रमलाई सफल पार्न अहिले विभिन्न उपसमिती ले काम गरिरहेको पार्टीले जनाएको छ । लालवन्दीको वोहोरे डांडामा हुने कार्यक्रममा जिल्लाभरका कार्यकर्ताको ठुलो समुह उतार्ने तयारी नेकपा एकिकृत समाजवादीले गरिरहेको छ ।
उक्त कार्यक्रमलाई सम्वोधन गरेर अध्यक्ष नेपाल सर्लाहीवाट भोली रौतहट तर्फ प्रस्थान गर्ने बताइएको छ