एसपीहरू राखेर जुवा खेल्ने सीडीओलाई पनि मन्त्रालय तानियो , सर्लाहीमा खतिवडा

 संवाददाता    २०७८, ८ कार्तिक सोमबार १२:२८     68 जनाले पढ़िसके



Spread the love

काठमाडौं– सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी बाबुराम खतिवडालाई दिइएको छ। गृह मन्त्रालयले त्यहाँ कार्यरत रामकुमार महतोलाई कारबाही गर्दै खतिवडालाई जिम्मेवारी दिएको हो।

यस्तै, सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल, नेपालका एसपी गंगाराम श्रेष्ठमाथि कारबाही भएको छ।

प्रहरीका अधिकारी र सीडिओसहित बसेर जुवातास खेलेको भिडिओसहितको समाचार विभिन्न सन्चार माध्यम प्रकाशित भएको थियो। गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयमा तानेर महतोलाई आवश्यक कारबाही गरिनेछ।