काठमाडौं । प्रहरी प्रधान कार्यालयले सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीको काज सरुवा गरेको छ । प्रधान कार्यालयले जुवा खेल्दै गरेको भिडियो सार्वजनिक भएका सर्लाहीमा कार्यरत एसपी सन्तोषसिंह राठौरको काज सरुवा गर्दै उनलाई प्रहरी प्रधान कार्यालय तानेको हो ।
उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी बसन्त रजौरेलाई जिम्मेवारी दिइएको छ । एसपी रानाभाटले लागूऔषध मुद्धामा गत फागुनमा पक्राउ परेका आरोपीहरुको मिसिल कमजोर बनाएको आरोप लागेको थियो ।
यस विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको जनाएपछि त्यसको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । मिसिल कमजोर बनाएको आरोप लागेका रानाभाटको नेतृत्वको प्रहरीले सरकारी कर्मचारीलाई कालोमोसो लगाएर शहर परिक्रमा गराउँदा पनि समयमै उचित कारबाही गर्न नसकेको भन्दै उनलाई हटाउन दबाब परेको थियो ।
जुवाडे एसपी राठौरलाई प्रहरी प्रधान कार्यालयले कारबाही स्वरुप हेडक्वार्टर ताने पनि जुवाको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी महतोलाई भने गृह मन्त्रालयले कुनै कारबाही गरेको समाचार हालसम्म प्राप्त भएको छैन ।