एमालेले १० औं महाधिवेशनमा विद्धुतिय भोटिङ मेसिन प्रयोग गर्ने

 संवाददाता    २०७८, ५ कार्तिक शुक्रबार १९:३०     82 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनको मापदण्ड तय गर्न कात्तिक ११ गते स्थायी कमिटीको बैठक र कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाएको छ ।