नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।
महाधिवेशन व्यवस्थापन समिति संयोजकमा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन्। उनको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
यसअघि एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताइसकेको छ।
एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ।