बाढीपहिरोमा बेपत्तामध्ये १९ को शव फेला, हालसम्म ८८ जनाकाे मृत्यु

 संवाददाता    २०७८, ४ कार्तिक बिहीबार १२:३५     60 जनाले पढ़िसके



Spread the love

काठमाडौं- लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव फेला परेको छ।

गृह मन्त्रालयका अनुसार पछिल्लोपटक आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ भने अझै ३० जना बेपत्ता छन्।

बझाङमा मात्र २१ जना बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको गृह मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ६ जना र बुधबार ६३ जनाको शव भेटिएको थियो।