प्रधानमन्त्री देउवा बाढी प्रभावित सुुदूरपश्चिमको स्थलगत भ्रमणमा

 संवाददाता    २०७८, ४ कार्तिक बिहीबार ११:४३     54 जनाले पढ़िसके



Spread the love

आज बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक, एनपी सावद, बीरबहादुर बलायरसहितको टोली काठमाडौँबाट बाढी प्रभावित सुदूरपश्चिम क्षेत्रतर्फ प्रस्थान गरेको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री देउवा सहितको उच्चस्तरीय टोली काठमाडौँबाट सुर्खेत हुँदै डोटी दिपायल पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले दिपायलमा डोटी जिल्लामा भएको क्षति तथा नोक्सानीको बिफ्रिङ लिनुहुने कार्यक्रम छ। त्यसपछि आजै प्रधानमन्त्रीले बझाङ जिल्लामा पहिरो गएको थलारा क्षेत्रको स्थलगत अवलोकन गर्नुहुने छ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले बैतडी, डडेल्धुराको जोगबुढा, कञ्चनपुरको दोधारा चाँदनी, बह्रमदेव क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

आज धनगढीमा बसेर भोलि मात्र प्रधानमन्त्री देउवा राजधानी काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।।