काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आगामी महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बिहीबार दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने भएको हो।
असोजमा सम्पन्न विधान महाधिवेशनले पार्टीको १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने घोषणा गरिएकोमा उक्त स्थान आज बस्ने स्थायी कमिटीको बैठकले परिवर्तन गर्ने बताईएको छ ।
एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
कार्यालय सचिब तामाङका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन् ।
एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने जनाइएको छ ।
एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ