किन भए धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

 संवाददाता    २०७८, १९ आश्विन मंगलवार २१:५३     161 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिसअनुसार हटाउने निर्णय गरेको हो ।

सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको पाइए पछि समितिले छानविन गरेको थियो ।

पदको दुरुपयोग गरेपछि सरकारले उनको छानविनका लागि समिति गठन गरेको थियो । समितिको सिफारिसका आधारमा उनलाई बर्खास्त गरेको हो । उनले आफ्नो पदको दुरुपयोग गरेर छोरीको नाममा शेयर नामसारी गरेका थिए ।