वामदेव गाैतमद्वारा एमाले छाडेको घोषणा पार्टीमा बुझाए राजिनामा

 संवाददाता    २०७८, १८ भाद्र शुक्रबार १९:०७     95 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो ।

गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनुभएको छ । गौतमले आज दिउँसो पार्टी कार्यालयमै आएर राजीनामा पत्र बुझाउनुभएको तामाङले जानकारी दिनुभयो ।

तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान सुरु गर्नुभएको थियो । नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली रवबरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो । तर पछि जनताको बहुदलीय जनवाद (जबज) नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा पनि नजाने बताउनुभएको छ ।