
काठमाडौं । भारतमा उपचाररत नेता झलनाथ खनालले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रहेको जानकारी गराएका छन् ।
खनालको सचिवालयले नयाँ दर्ता भएको नेकपा एकीकृत समाजवादीलाई खनालको साथ र समर्थन रहेको जानकारी गराएको छ ।
सचिवालयले फेसबुकमा लेखेको छ– ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।