माधव नेपाल पक्षमा नाम भएका प्रदीप नेपालले भने, म कतै छैन’

 संवाददाता    २०७८, २ भाद्र बुधबार २०:३२     90 जनाले पढ़िसके



Spread the love

काठमाडौं । माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य नाम भएका नेता प्रदिप नेपालले आफू कतै नभएको बताएका छन् । नेकपा एमाले (समाजवादी) मा विभाजनपछि केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम देखिएपछि नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको बताएका हुन् ।सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने जनाएका छन् । नेता नेपाल नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् भने नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुलेका थिएनन् ।