कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म

 संवाददाता    २०७८, ३० श्रावण शनिबार १९:२३     78 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेपाली कांग्रेसको चाैधौं महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ। यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो। कार्यतालिका पास भएको र केन्द्रीय महाधिवेशन २०७८ मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दए।

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।

यस्तो छ नयाँ कार्यतालिका

१. कृयाशील सदस्यको अन्तिम नामावली बुझाउने : भदाै २

२. निर्वाचन निर्देशिका बुझाउने: भदाै २

३. वडा अधिवेशन : भदाै १८

४. गाउँ/नगर पालिका अधिवेशन : भदौ २७

५. प्रदेश क्षेत्र क/ख अधिवेशन : असोज १

६. संघीय निर्वाचन क्षेत्र अधिवेशन : असाेज ५

७. जिल्ला अधिवेशन : असाेज १०

८. प्रदेश अधिवेशन : कात्तिक १०-१२

९. केन्द्रीय अधिवेशन : मंसिर ९-१३