२४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु

 संवाददाता    २०७८, ३० श्रावण शनिबार १६:४३     73 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – देशभर २४ घण्टामा ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षणमा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ६२४ जनामा काेराेना पुष्टि भएकाे छ ।

देशभर २० जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या १ हजार ३२० रहेको छ । सक्रिय संक्रमितको संख्या भने ३९ हजार ४०५ रहेको छ ।संक्रमित हुनेमा २१ वर्षदेखि ३० वर्ष उमेर समूहका रहेका छन् । २४ घण्टामा २१ –३० वर्ष उमेरसमूहका ४७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३१–४० वर्ष उमेरसमूहका ४५१ जनामा संक्रमण देखिएको छ ।