आज झलनाथ खनालको भयो दिल्लीमा मृगौला प्रत्यारोपण

 संवाददाता    २०७८, २० श्रावण बुधबार १६:४७     51 जनाले पढ़िसके



Spread the love

विगत केही समयदेखी भारतमा उपचाररत पुर्व प्रधानमन्त्री झलनाथ खनालको आज मृगौला प्रत्यारोपण गरिएको छ । उनको निजि सचिवालयले एक विज्ञप्ति जारी गरि सो को जानकारी दिएको हो।यस्तो छ विज्ञप्ति । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू केहि समय अघिदेखि Dr. Akhil Mishra को निगरानी तथा नेतृत्वमा Apollo Hospital, Delhi, India मा उपचाररत रहनुभएकोमा आज Dr. Sandeep Guleria को सर्जरी टिमले वहाँको मृगौला प्रत्यारोपण सफलता पुर्वक सम्पन्न गरेको छ । अब वहाँ केहि समय अस्पतालमै रहि आराम गर्नुहुनेछ र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किनु हुनेछ । यस बिचमा वहाँको स्वास्थ्यप्रति चासो र चिन्ता राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीज्यूको पूर्ण स्वास्थ्यलाभको कामना
सहित यो जानकारी सम्प्रेषण गर्दछौ ।