माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक सर्‍यो

 संवाददाता    २०७८, २० श्रावण बुधबार ११:५७     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं।एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजका लागि बोलाएको आफू निकट केन्द्रीय सदस्यहरूको बैठक भोलिका लागि सारिएको छ।बैठक आज बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्नेगरी आह्वान गरिएपनि जिल्लाबाहिरका सदस्यहरु आउन समय लाग्ने र आवश्यक तयारीका लागि बिहीबारका लागि सारिएको नेपालपक्षीय केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन्।एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।