काठमाडौ । नेपालमा गत २४ घण्टामा ३,३८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा १६,७१८ वटा नमुना परीक्षण गरिएको थियो। यससँगै देशभरि ३२,०५९ जना सक्रिय सङ्क्रमित पुगेको मन्त्रालयले जनाएको छ।
हालसम्म ३६ लाख ३३ हजार ११८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने तीन लाख ३१ हजार ८७९ नमुनाको एन्टीजन विधिबाट परीक्षण गरिएको छ। त्यसमा ७ लाख ६५ हजार ८१५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यसअघि सोमवार परीक्षण गरिएका १३ हजार ८ सय ११ मध्ये ३,१२५ नमुना पोजेटिभ पाइएको थियो। मङ्गलवारसम्म कुल मृतकको सङ्ख्या नौ हजार ९२२ पुगेको मन्त्रालयले जनाएको छ।
मङ्गलवार दिइएको जानकारी अनुसार पछिल्लो सङ्क्रमण दर १९।३ रहेको छ। पछिल्ला सङ्क्रमितमध्ये सबैभन्दा बढी २१ देखि ४० वर्षका रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार ११५ पुगेको छ ।
आज देशभर होम आइसोलेसनमा २९ हजार २२, संस्थागत आइसोलेसनमा ३ हजार ३७, आईसीयूमा ६८६र भेन्टिलेटरमा १६२ जना संक्रमित रहेका छन् । योसँगै नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।