मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण गरेको छ ।
भोटिङबाट छनोट भएका मध्ये सबभन्दा बढी २७ सय एसएमएस भोट समाजसेवी शोभा मण्डलले प्राप्त गरेकी छन् । उनी संघीय समाजवादी फोरम नेपालकी केन्द्रिय सदस्य पनि हुन् । समाज सेवामा सक्रिय मण्डल सबभन्दा बढी भोट ल्याएको थाहा पाएपछि खुःशीले गदगद भइन् ।
उनी भन्छिन्, ‘सबभन्दा बढी भोट ल्याएपछि यति खुःशी भए कि शब्दमा बर्णन गर्न सक्दिँन ।’ मधेसको हिरो अवार्डले सम्मानित भएपछि समाजको सेवा गर्न उर्जासँगै जिम्मेवारी पनि बढेको महसुस भएको बताइन् ।
५० जनालाई नोमिनेसनको माध्यमले भोटिङका आधारमा र ५० जनाको छनौट कमिटीले खोजी गरेर सय जनाको टुंगो लगाएको थियो ।