नेपाल यादव सेवा समिति द्वारा नि:शुल्क स्वास्थ्य शिविर

 संवाददाता    २०७५, २१ फाल्गुन मंगलवार १७:१९     208 जनाले पढ़िसके



Spread the love

काठमाडौ,फाल्गुन २० गते ।महाशिवरात्रीको शुभ अवसरमा पशुपतिनाथ मन्दिरको परिसरमा नेपाल यादव सेवा समिती र अखिल नेपाल यादव महिला द्वारा नि:शुल्क स्वास्थ शिविर तथा पानी बितरण गरेको छ ।महाशिवरात्रीको शुभ अवसरमा पशुपतिनाथमा आउने श्रद्धालु भक्तजनहरु लाई विशेष प्राथमिकतामा राखी नि:शुल्क स्वास्थ उपचार गरेका छन ।उक्त नि:शुल्क स्वास्थ शिविर बाट करिव ८५० जना श्रद्धालु उपचार गराई लाभान्वित भएका छन ।शिविरमा १५ जना डाक्टरहरुका साथसाथै प्राबिधिक टिमहरु पनि खटिएका थिए । बिरामीहरुको लागि १५ कार्टुन औषधि विभिन्न बिभागका डाक्टरहरु द्वारा नि:शुल्क रुपमा उपचार गरि सेवा प्रदान गरेका थिए । प्रत्येक बर्ष लाग्ने महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिरको परिसर भित्र बृहत नि:शुल्क स्वस्थ्य शिबिर संचालन गर्दै आएको नेपाल यादव सेवा समितिका सदस्य सुभाष बिराजीले जानकारी दिए ।आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई प्राथमिकताका साथ निरंतरता दिने अखिल नेपाल यादव महिला संघकी सचिब साधना बिराजीले जानकारी दिए ।