आज सुनचाँदीकै मूल्यमा पहिरो गएको छ।
सुनको भाउ आज तोलामा ८ हजार ३ सय रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ।
चार दिनसम्म लगातार बढेको सुनको भाउ गएको शुक्रबार पनि घटेको थियो।
तोलामा ३ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ शुक्रबार २ लाख ८० हजार ३ सयमा झरेको थियो।
त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
गत साताको पहिलो दिन सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि व्यापक मात्रामा घटेको छ। चाँदीको भाउ आज तोलामा १७५ रुपैयाँ घटेर ३ हजार ६ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।