नेपाली सेनाको नेतृत्वमा नयाँ समीकरण, रथी बढुवाका लागि थापाको नाम अघि

 संवाददाता    २०८३, १४ कार्तिक शुक्रबार ११:४०     28 जनाले पढ़िसके



Spread the love

नेपाली सेनाका भावी प्रधान सेनापतिका रुपमा मानिएको यसपटकको रथी बढुवामा उपरथी अनुपजंग सिफारिस भएका छन् । उनी रथी बढुवा भएपछि अशोक सिग्देलपछि सेनापतिको रोलमा बस्नेछन् ।

रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम बढुवाका लागि सिफारिस गरेको हो । केसी पनि मंसीर १५ गते अवकाश हुँदैछन् । त्यसपछि उनको ठाउँमा मधुकर कार्की सिफारिस हुने सम्भावना छ ।

बोर्डले थापाको बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै सूचना जारी गरेको छ । सूचना सोमबार प्रकाशित भएको हो ।

रथी गणेश श्रेष्ठले मङ्सिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापा सिफारिस भएका हुन्।