लगातार चार दिन बढेको सुनको भाउमा आज गिरावट

 संवाददाता    २०८३, १४ कार्तिक शुक्रबार ११:०५     32 जनाले पढ़िसके



Spread the love

चार दिनसम्म लगातार बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ८० हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ बिहीबार तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ५ सय पुगेको थियो।

चार दिनमा ५ हजार रुपैयाँ बढेको सुनको भाउ आज घटेको हो।

सुनको भाउ बुधबार तोलामा ९ सय, मंगलबार ८ र सोमबार ३ हजार रुपैयाँ बढेको थियो।

साताको पहिलो दिन गत आइतबार भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १०५ रुपैयाँ घटेर ३ हजार ८ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ ३ हजार ९ सय ३० रुपैयाँ थियो।