कांग्रेसका चार केन्द्रीय सदस्यको शपथ तत्काल नहुने

 संवाददाता    २०८३, १३ कार्तिक बिहीबार १३:४६     12 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसले नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोक्ने भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले १५ औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्न लागेको हो।

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज दिउँसो २ बजे सानेपामा हुँदै छ।

अदालतमा मुद्दा रहेकाले नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ गर्न नपाउने भएका हुन्।

खड्का केन्द्रीय सदस्यमा विजयी भएपनि निर्वाचन समितिले निर्वाचित भएकोसम्म घोषणा गरेको छैन।

एक पदाधिकारीले भने, ‘उहाँहरूको अदालतमा मुद्दा रहेकाले अहिलेलाई रोक्ने भन्ने कुरा छ। अदालतबाट सफाइ पाएपछि उहाँहरूले जिम्मेवारी पाइहाल्नुहुन्छ।’

यस्तै, केन्द्रीय सदस्यका उम्मेदवार सौगात थापाले ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको पनि शपथ रोक्न माग गरेका छन्। भट्ट ३६ वर्ष पुगेको भन्दै हिजो निर्वाचन आयोगमा उजुरी दिएका छन्।