नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट समावेशी तर्फ उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
उपसभापतिको दुई खुला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित भएका हुन् ।
समावेशी उपसभापतिमा विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे ।
आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन पार्टीको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको उनले बताएका छन् ।
नेता चौधरीले अब ‘राजनीतिका लागि राजनीति’ गरेर देशमा रूपान्तरण सम्भव नहुने भन्दै आर्थिक समुन्नतिको स्पष्ट योजनामा काम गर्नुपर्ने र त्यसको जिम्मेवारी सम्हाल्न आफू तयार रहेको उनले बताएका थिए ।