पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्।
राष्ट्रपति निर्वाचित भएपछि एमालेको सदस्यता त्यागेकी भण्डारी ११ वर्षपछि एमाले बैठकमा सहभागी भएकी हुन्। उनलाई एमालेको वरिष्ठ नेता मनोनीत गरिएको छ।
भण्डारीले वरिष्ठ नेताको रुपमा एमाले बैठकमा सहभागिता जनाएकी हुन्। वरिष्ठ नेतालाई एमालेका सबै कमिटी बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ।
भण्डारी २०७२ कात्तिक ११ मा राष्ट्रपति निर्वाचित भएकी थिइन्। दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको पदावधि २०७९ फागुन २८ मा सकिएको थियो।
त्यसपछि उनले एमालेको सदस्यता नविकरण गराएकी थिइन्। अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता रोकेको थियो।
तर, पछिल्लो पटक एमालेभित्रै ओलीको विकल्प खोज्न थालिएपछि भण्डारीको सदस्यता नवीरकण गरिएको हो। यससँगै एमाले केन्द्रीय कमिटी बैठकबाट उनलाई वरिष्ठ नेता मनोनीत गरिएको हो।