एमालेले पार्टी सदस्यबाट हटाएपछि भोजपुरकी उपमेयरले छाडिन् पद

 संवाददाता    २०८३, २२ आश्विन बिहीबार १३:४५     32 जनाले पढ़िसके



Spread the love

भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्।

आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले बताइन्।

यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्।

उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो।

एमाले कोसी प्रदेश कमिटीको असोज पहिलो साता बसेको बैठकले शेर्पालाई पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय गरेको थियो।

शेर्पा एमाले प्रदेश कमिटी सदस्यसमेत थिइन्।