नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको फेरि दाबी, भने– ‘मैले ८ युद्ध अन्त्य गरेँ’

 संवाददाता    २०८३, २२ आश्विन बिहीबार ११:२१     25 जनाले पढ़िसके



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि नोबेल शान्ति पुरस्कारका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्।

उनले आफूले आठ युद्ध अन्त्य गराएको भन्दै नोबेल शान्ति पुरस्कार पाउनुपर्ने जिकिर गरेका हुन्।

ट्रम्पले भनेका छन्, ‘म आफ्नो प्रशंसा गरिरहेको छैन, म केवल तथ्य बताउँदै छु। सायद अरू कुनै राष्ट्रपतिले यति धेरै युद्ध समाधान गरेका छैनन्। शान्ति प्रयास अझै जारी छन् र हामी चाँडै अर्को समाधान गर्न सक्छौँ।’

ट्रम्पले लामो समयदेखि आफ्नो कूटनीतिक प्रयासका लागि आफू पुरस्कारका लागि योग्य भएको दाबी गरिरहेका छन्।

यही अक्टोबर ९ मा नर्वेजियन नोबेल समितिले पुरस्कारको घोषणा गर्नेछ।

यसअघि ट्रम्पले जुन २०२५ मा पनि पुरस्कारका लागि दाबी प्रस्तुत गरेका थिए।

उनले भनेका थिए, ‘मैले यो चार वा पाँचपटक प्राप्त गर्नुपर्थ्यो।’