कांग्रेसमा मतदान अझै अन्योलमा, समय फेरि सर्‍यो

 संवाददाता    २०८३, २२ आश्विन बिहीबार १३:४१     14 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतदानको समय फेरि सरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदानको समय एक घण्टा सारिएको जनाएको छ। मतदानको तयारी पूरा नभएकाले दिउँसो २ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने तय गरिएको थियो। बिहान १० बजेदेखि सुरु गर्ने कार्यतालिका भए पनि तयारी नपुगेकाले सारिएको थियो।

आज मतदानको समय सार्नुअघि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारसँग छलफल गरेको थियो।