नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महिलातर्फ सहमहामन्त्रीमा दुई जना प्रतिस्पर्धामा छन्।
केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र नानु मैया बास्तोला सहमहामन्त्रीको चुनावी मैदानमा छन्।
काठमाडौँ– २ की गौतम र काठमाडौँ– ९ की बास्तोला सहमहामन्त्रीमा भिडिरहेका छन्।
असोज १८ देखि जारी कांग्रेस महाधिवेशनमा आज दिउँसो १ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदानको कार्य तालिका छ।
सभापतिमा गगन कुमार थापालाई श्यामकृष्ण खड्गीले चुनौति दिएका छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुँदा महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन्।
त्यसैगरी केन्द्रीय सदस्य महिला (काठमाडौँ उपत्यका)तर्फ डा.अमिता प्रधान शाक्य पनि निर्विरोध निर्वाचित भएकी छन्।