कालो धन नियन्त्रणका लागि नोटबन्दीको प्रस्ताव, रास्वपा सांसदलाई नेकपाको समर्थन

 संवाददाता    २०८३, १४ आश्विन बुधबार १५:१२     13 जनाले पढ़िसके



Spread the love

रास्वपाका सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारको पैसा बाहिर निकाल्नको लागि नोटबन्दी गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देश लुटेको पैसा बैंकिङ प्रणालीमा ल्याउन माग गरे।

उनले भने, ‘३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरू शक्ति प्राप्त भयो। यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा सङ्घर्ष गर्ने भनेर यताकता सुनिँदै छ। हामीलाई थाहा छ यो पैसा कालो र यो देश लुटेको धन हो। यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नु पर्‍यो।’

उनले आवश्यक गरे केही नयाँ नोट जारी गर्न माग गरे।

उनले थपे, ‘यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौँ। यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यहीँ तुहाऔँ। भारतबाट हामीले सिकौँ। भारतमा पनि यस्ता नोटहरू बन्द गरिएको थियो।’

न्यौपानेको यो प्रस्तावपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले लगत्तै बोलेर समर्थन जनाए।

उनले भने, ‘उहाँले राखेको प्रस्तावमा पूर्ण समर्थन समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना नोट हजार र ५०० का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोडदार रूपमा सरकारसँग माग गर्दछु।’

नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सबै सांसदहरूको हस्ताक्षर दिनुपरे पनि आजै दिने घोषणा गरे। उनले थपे, ‘यो हजार र ५०० को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरुन्त गर्न माग गर्छु, यसको लागि सभामुखबाट पनि रुलिङ होस्।’