राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एयरलाइन्स कम्पनीहरूले चाडपर्वको समयमा यात्रुमाथि मनपरी भाडा असुल्ने गरेको आरोप लगाए।
उनले भने, ‘धनगढीको फ्लाइटको एउटा टिकटको मूल्य १६ अक्टोबरदेखि १६ हजार, झापा भद्रपुरको १२ हजार। हरेक दसैँ तिहारमा मनपरी भाडा, मौकामा चौका। एयरलाइन्स कम्पनीलाई चिकेन चिल्ली र यात्रुलाई लौका।’
टिकटमा कालोबजारी भएको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउँदै रमिते नबन्न आग्रह गरे।