नेपाली कांग्रेसले १५ औँ महाधिवेशन २ दिन पर धकेलेको छ। असोज १८ गतेबाट महाधिवेशन गर्ने गरी सारिएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए। कांग्रेसले यसअघि १६ गतेबाट महाधिवेशन सुरु गर्ने निर्णय गरेको थियो।
उनका अनुसार महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुल्लामञ्चमा हुनेछ।
१५ औँ महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेको दुलालले बताएका छन्।
देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको जानकारी गराएका छन्न।
कांग्रेसले भनेको छ, ‘यस परिस्थितिलाई मध्यनजर गरी १५ औँ महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २:०० बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’