आज (मंगलबार), भोलि (बुधबार) र पर्सि (बिहीबार) देशभर कतै पनि खासै वर्षाको सम्भावना नदेखिएको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाका मौसमविद् डेभिड ढकालले आज मंगलबार बिहान १० बजे जारी गरेको भिडिओ सन्देशअनुसार गत २४ घण्टामा जस्तै आज, भोलि र पर्सि पनि वर्षाको खासै सम्भावना देखिँदैन।
यसैले सामाजिक सञ्जालका अनधिकृत सूचनाको भर नपरी यस अवधिमा धान काट्न उनले किसानलाई सुझाव पनि दिएका छन्।
‘विगत २४ घण्टाका देशका कुनै भूभागमा खासै वर्षा भएको देखिँदैन भने दिउँसो घाम लागेको र बिहानीपख विशेषगरी तराईमा र उपत्यकाहरूमा हल्का किसिमको हुस्सु लागेको देखिन्छ। भोलि र पर्सिका लागि वर्षाको खासै सम्भावना देखिँदैन। यद्यपि दिउँसो तथा साँझतिर एक-दुई स्थानमा हल्का किसिमको वर्षा हुने देखिन्छ। त्यस्तो धेरै वर्षाको सम्भावना देखिएको छैन र धेरै स्थानमा पनि वर्षाको सम्भावना देखिँदैन। र, भोलि पर्सिको सम्भावना पनि उस्तै देखिन्छ। वर्षाको सम्भावना कतै पनि देखिँदैन’, उनले भनेका छन्, ‘जसले गर्दा यतिबेला धान काट्ने समय भएका कारण धान काट्न वर्षाले या मौसमले त्यस्तो असर गर्ने देखिँदैन। यद्यपि सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईंहरूले आधिकारिक जानकारी लिन हामी अनुरोध गर्छौँ। जसका लागि नेपाल मौसम विज्ञान विभागका वेबसाइट र सामाजिक सञ्जाल हेर्दै गर्नुहोला।’
भिडिओ सन्देश–