राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
मंगलबारको संसद् बैठकमा बोल्दै उनले दैवी शक्तिको कारण विपद् नआउने बताए।
‘पछिल्ला केही दिनमा विपद्को कारण २७ को मृत्यु भएको छ,’ अझै केही हराइरहेका छन्, खरेलले भने, ‘तर, यी विपद्हरु दैवी प्रकोप होइन, विपद् प्राकृति र मानव सृजित हुन्छ। अब प्रधानमन्त्री दैवी प्रकोप होइन, प्रधानमन्त्री विपद् कोष भनेर त्यसको नाम परिर्वन गरौँ।’
उनले यस विषयमा पहिला पनि सरकारको ध्यानाकर्षण गराएको बताए।
उनले विपद् जोखिम न्यूनीकरण प्राधिकरणलाई अधिकार सम्पन्न प्राधिकरण बनाउन पनि माग गरे। एक जना सहसचिवको नेतृत्वमा अब त्यो प्राधिरण सञ्चालन गरेर समस्याको समाधान नहुने उनको भनाई छ।