चीनले बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको शव पहिचानमा सहयोग गर्न नेपालमा डीएनए पहिचान विज्ञसहित आवश्यक उपकरण पठाउने भएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीनले नेपालमा डीएनए पहिचानसम्बन्धी विज्ञ पठाउने जानकारी दिएका हुन्।
उनका अनुसार चीनले डीएनए परीक्षण उपकरणसँगै ड्रोन, पानी शुद्धीकरण उपकरण तथा तत्काल आवश्यक पर्ने अन्य सामग्रीसमेत नेपाल पठाउनेछ।
नेपालमा बाढी तथा पहिरोपछि बेपत्ता भएका व्यक्तिको संख्या ठूलो रहेकाले शव पहिचान चुनौतीपूर्ण बनेको छ। नेपालमा नदीमा धेरै दिनसम्म रहेका कारण कतिपय शवको अवस्था बिग्रिएकाले पहिचान गर्न कठिन भइरहेको छ।
तसर्थ, चीनले पठाउने डीएनए विज्ञ तथा परीक्षण उपकरणले यस्ता शवको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।