गत बुधबार नेपालमा आएको विनाशकारी बाढीपछि भारत सरकारले लगातार राहत सामग्री पठाइरहेको छ।
यसैक्रममा भारतको पाँचौँ विमान राहत सामग्री लिएर नेपालका लागि उडेको छ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘भारतको पाँचौँ विमान नेपालका लागि उडेको छ। यसमा विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि छन्।’
विनाशकारी बाढीपछि एक हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। यस्तै, हजारौं मानिस बेपत्ता छन्।