भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या बढ्दै, २७० शव फेला

 संवाददाता    २०८३, ११ भाद्र बिहीबार १५:२०     22 जनाले पढ़िसके



Spread the love

रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २७० जना शव फेला परेको छ ।

प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो ।

यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

देशका विभिन्न अस्पतालमा ६६ जना उपचाररत रहेका छन् । जसमध्ये १४ जना डिस्चार्ज भएका छन् ।

२८ जना प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।