रसुवामा बाढी: ५१७ विदेशी पर्यटक सम्पर्कमा छैनन्

 संवाददाता    २०८३, ११ भाद्र बिहीबार १३:२१     12 जनाले पढ़िसके



Spread the love

भोटेकोसी बाढीका कारण रसुवाबाट ५१७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले बिहीबार अपराह्न १२ बजेसम्म भारतसहित अरु विदेशी मुलुकबाट नेपाल आएका ५१७ पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ।

१७८ भारतीय पर्यटक रसुवाबाट सम्पर्कविहीन छन्। अमेरिकी ६५, युक्रेनका ५३, मलेसियाका ५१, युकेका ३३, अस्ट्रेलियाका ३५ र क्यानडाका २५ पर्यटक अझै सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

यस्तै, सिंगापुरबाट नेपाल घुम्न आएका ९, रसिया तथा जर्मनीका ८/८ पर्यटक रसुवाबाट सम्पर्कविहीन भएका छन्।

लाटभिया तथा दक्षिण अफ्रिकाका ६/६, न्यूजिल्यान्ड तथा जापानका ५/५, फ्रान्सका ४, स्पेनका ३ पर्यटक सम्पर्कमा छैनन्। इटाली, आइरिस, काजकिस्तान, नेदरल्यान्ड र पोर्चुगलका दुई/दुई पर्यटक सम्पर्कविहीन छन्।

बोर्डका अनुसार बेलारुस, बुल्गेरिया, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, सर्बिया, स्वीडेन र स्वीट्जरल्यान्डका एक/एक पर्यटक सम्पर्कविहीन छन्।

बोर्डले नेपाली १२७ जना आन्तरिक पर्यटक पनि बाढीका कारण सम्पर्कविहीन हुन पुगेको जनाएको छ।