विपद् प्राधिकरणको आग्रह: आपत्कालीन नम्बरमा सम्पर्क गर्न नसके आगो बाली धुवाँबाट संकेत दिनू

 संवाददाता    २०८३, १० भाद्र बुधबार १६:०६     0 View



Spread the love

आज बिहान रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा क्षति भएको छ। ती जिल्लामा विपद्‌मा परेकाहरूको उद्धार जारी छ।

यसैबिच राष्ट्रिय विपद् जोखिनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरण विशेष अनुरोध गरेको छ।

साथै उद्धारको पर्खाइमा रहेका व्यक्तिले उद्धारका लागि ध्यानाकर्षण गराउन आफू रहे/बसेका ठाउँमा आगो बाली धुवाँ निकालेर संकेत गर्न प्राधिकरणले सुझाव दिएको छ।

यसै क्रममा प्राधिकरणले आपत्‌कालीन सम्पर्क नम्बर पनि सार्वनजिक गरेको छ।

हेर्नुहोस् सूचना