रसुवा बाढी: १४ जनाको शव फेला

 संवाददाता    २०८३, १० भाद्र बुधबार १५:५२     37 जनाले पढ़िसके



Spread the love

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले बगाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ।

बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ वटा शव फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारको काम जारी छ। नदीमा बाढीको बहाव तीव्र रहेकाले तटीय क्षेत्रमा समेत खोजीलाई प्राथमिकता दिइएको छ।

यस्तै, बाढीमा परी घाइते भएका १९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको डीआईजी रेग्मीले जानकारी दिए। उनका अनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।

बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।