‘प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न मुस्ताङ गएका हुन्’– ज्ञानेन्द्र शाही

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १२:३७     21 जनाले पढ़िसके



Spread the love

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाह मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको दाबी गरेका छन्। प्रधानमन्त्रीले आफ्नो निजी भ्रमणमा सुरक्षाकर्मीको लावालस्कर लिएर हिँड्नुपर्छ भन्ने कुनै कारण नभएको उनको भनाइ छ।

प्रधानमन्त्री मुस्ताङ भ्रमणका लागि बिहानै काठमाडौंबाट हिँडेका छन्। प्रधानमन्त्रीको भ्रमणबारे सुरक्षा निकाय बेखबर रहेको बताइन्छ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीले मुस्ताङ जाँदा सुरक्षाकर्मी लिएर गएनन् भनेर सामाजिक सञ्जालमा खुब हल्ला चलिरहेको छ। प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन।’

आफ्नै निजी समय र व्यक्तिगत जीवनमा एक्लै हिँड्न दिनुपर्ने उनको बताएका छन्। हरेक कुरालाई राजनीतिक विषय बनाएर हल्ला गर्न आवश्यक नभएको उनको बुझाइ छ।