डा. अर्याल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रार नियुक्त

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १२:०७     18 जनाले पढ़िसके



Spread the love

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन्।

उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्।

डा. अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन्।

एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए।

उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन्। यसअघि नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए।

डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिल र सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वकार्यकारी सदस्यसमेत हुन्।