भदौमा ११ दिन सरकारी कार्यालय बन्द रहने

 संवाददाता    २०८३, २ भाद्र मंगलवार १०:५७     9 जनाले पढ़िसके



Spread the love

भदौ महिनामा ११ दिन सार्वजनिक बिदा परेको छ।

भदौ महिनामा शनिबार र आइतबारबाहेक तीन दिन सार्वजनिक बिदा हुँदा ११ दिन सार्वजनिक बिदा हुने भएको हो।

भदौ महिनामा शनिबार र आइतबार बाहेक जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजको बिदा छ।

भदौ १२ गते जनैपूर्णिमा, १९ गते श्रीकृष्ण जन्माष्टमी र २९ गते तीजको सार्वजनिक बिदा यो महिनामा छ।

त्यसैगरी भदौ ६, ७, १३, १४, २०, २१, २७ र २८ गते शनिबार रआइतबारको बिदा छ।

भदौमा दुई पटक ३-३ दिन लगातार बिदासमेत परेको छ।

भदौ १२, १३ र १४ गते लगातार बिदा छ। त्यसैगरी भदाै १९, २० र २१ गते पनि लगातार बिदा परेको छ।