बागमती र लुम्बिनीको मतदानमा राप्रपाले अपनायो तटस्थ नीति

 संवाददाता    २०८३, १ भाद्र सोमबार १२:५५     28 जनाले पढ़िसके



Spread the love

राप्रपाले दुई प्रदेश सरकारमा आज हुने मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।

बागमती र लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा राप्रपाले भाग नलिने भएको हो ।

यस सम्बन्धमा प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ ।

प्रदेशहरुमा सरकार निर्माण सम्बन्धि विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित संसदीय दलको नेतालाई प्रेषित गरिएको छ ।

राप्रपाका बाग्मतीमा १२ जना र लुम्बिनीमा ४ जना सांसद छन् । राप्रपाले समर्थन नगर्दा बाग्मतीमा इन्द्र बानियाको सरकार ढल्ने छ ।