नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले आज (बुधबार) बिहान पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्।
खड्काकाे निवास गोल्फुटार पुगेर कोइरालाले उनलाई यही साउन २९-३१ गते आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका हुन्।
जवाफमा खड्काले सकारात्मक धारणा व्यक्त गरेकाे काेइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।
यसअघि संयोजक शशांकले कांग्रेसका सभापति गगन थापालाई पत्र पठाएर आगामी महाधिवेशनलगायत गतिविधि रोक्न चेतावनी दिएका छन्।