धनुषा अदालतबाहिर आत्मदाहको प्रयास, प्रहरीले समयमै रोक्यो

 संवाददाता    २०८३, २७ श्रावण बुधबार १३:२७     31 जनाले पढ़िसके



Spread the love

जिल्ला अदालत, धनुषाको गेटमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

बुधबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–३ की ५५ वर्षीया फूलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी हुन्। उनले आफ्नै शरीरमा पेट्रोल खन्याएकी थिइन्।

उनले पेट्रोल खन्याएको थाहा पाउने वितिक्कै प्रहरीले जोगाएको छ। उनलाई तत्कालै उद्धार गरिएको घटनास्थलमै रहेका प्रहरी निरीक्षक अरविन्द साहले बताए। उनकै नेतृत्वको टोलीले रजकलाई जोगाएको हो।

धनुषा अदालतमा मिटरब्याजी हरेराम शसाह र गोपाल साहविरुद्ध थुनछेकको बहस चलिरहेको छ। उनीहरूलाई जेल हाल्नुपर्ने माग गर्दै मिटरब्याज पीडित प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकै क्रममा रजकले आत्मदाहको प्रयास गरेकी हुन्। अहिले जिल्ला अदालत वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको छ।