युक्रेनी ड्रोन आक्रमणले रुसमा ठूलो क्षति, १३ जनाको मृत्यु

 संवाददाता    २०८३, २५ श्रावण सोमबार १५:५७     31 जनाले पढ़िसके



Spread the love

युक्रेनले ड्रोन आक्रमण गर्दा रुसको ततारस्तानस्थित निझ्निकाम्स्कमा १३ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन्। यो क्षेत्र रुसको भित्री भागमा पर्छ।

यो आक्रमण दुई वर्षयताकै घातक भएको बताइएको छ।

निझ्निकाम्स्क राजधानी मस्कोभन्दा एक हजार किलोमिटर पूर्वमा पर्छ। जहाँ अत्याधुनिक तेल प्रशोधन केन्द्रहरू छन्।

सहरको बाहिरी भागमा धुवाँको मुस्लो उडिरहेको दृश्य सामाजिक सन्जालमा पोस्ट भएका छन्। तर, युक्रेनी ड्रोनले केलाई निसाना बनाएको हो भन्ने स्पष्ट छैन।

मारिनेहरूमध्ये एक जना बालक रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय युक्रेनले रुसका भित्री भागमा खासगरी तेल प्रशोधन केन्द्र, विद्युत् गृह र वाइल्डबेरिज नामक रुसको सबैभन्दा ठूलो इकमर्स कम्पनीका गोदामहरूलाई लक्षित गरी आक्रमण बढाएको छ। गएको २४ घण्टामै युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा चार जना मारिएका छन्।

गत महिना वाइल्डबेरिजको एउटा गोदाममा युक्रेनले गरेको आक्रमण कम्तीमा ८ जना सर्वसाधारण मारिएका थिए।

यही महिना रुसी क्षेप्यास्त्र हमलाहरूमा किभमा १७ युक्रेनीको ज्यान गएको थियो। एजेन्सी