विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मै स्पष्टीकरण दिनुपर्ने विपक्षीको अडान

 संवाददाता    २०८३, १२ श्रावण मंगलवार १५:०९     5 जनाले पढ़िसके



Spread the love

सभामुख डीपी अर्यालसँगको भेटमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने कुरा राखेका छन्। आज सभामुखले मुख्य सचेतक र सचेतकसँग छलफल गरेका थिए।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने, ‘सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध भइरहेको छ। त्यो विषयलाई हटाउन सकिन्छ कि भन्ने सभामुखज्यूले कुरा राख्नुभयो।’

आफूले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुपर्ने विषय राखेको बताए।उनले थपे, ‘यो बीचमा थुप्रै देशमा धेरै दुखद घटनाहरू पनि भएका छन्, सरकारले गरेका राम्रा कामहरू पनि होलान्, सरकारका प्रतिबद्धताहरू पनि होलान्, संसद्मा अभिव्यक्तिका बारेमा पनि सबै जोडिएर प्रधानमन्त्रीज्यूले संसद्लाई सम्बोधन गर्नुपर्‍यो र सौहार्दपूर्ण तरिकाले बैठक चल्ने वातावरण बनाउनुपर्‍यो भन्ने विषय राख्यौँ।’

नियमावलीमा व्यवस्था भए अनुसार बैठक बसेको प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने कुरालाई पनि उठाएको बताए।

शून्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठान गरेको प्रश्नको जवाफ सरकारबाट नआई संसद् प्रभावकारी नहुने बताए। सरकारले १६६ वटा विधेयक ल्याउने भनेपनि अहिलेसम्म एउटा पनि दर्ता भएको बताए।